text/x-generic nav.blade.php ( ASCII text )

कार्यकारी निर्देशकको पद वहाली सम्पन्न 

  • Time: 2021-08-27 11:39:20
  • Page Visit: 2063
img

कीर्तिपुर (११ भाद्र)
त्रिवि पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्त हुनुभएका प्रा.डा. पारसनाथ यादवको आज एक कार्यक्रमका बीच पद वहाली सम्पन्न भएको छ । पद वहाली कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । केन्द्रको स्तर निर्धारण शाखा प्रमुख सुशील दाहाल, उपप्रशासक सुभाषनन्द खरेल लगायतले खादा र अविर लगाई कार्यकारी निर्देशकलाई स्वागत एवम् बधाई ज्ञापन गर्नुभएको थियो भने सबै कर्मचारीहरुले फूल र अवीर लगाई उहाँलाई बधाई ज्ञापन गरेका थिए । पद वहाली गर्दै कार्यकारी निर्देशक यादवले केन्द्रको सेवा प्रवाहलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
कार्यकारी निर्देशक प्रा.डा. यावदलाई त्रिवि कार्यकारी परिषद्ले गत बुधवार आजदेखि लागु हुने गरी दोस्रो पटक नियुक्त गरेको हो । आगामी चार वर्षे कार्यकालको लागि त्रिविले प्रा. डा. यादवलाई कार्यकारी निर्देशक पदमा पुनः नियुक्त गरेको हो । 
यस अघि २०७४ साल भाद्रमा पहिलो पटक चार वर्षे कार्यकालको लागि कार्यकारी निर्देशक पदमा डा. यादव नियुक्त हुनुभएको थियो । त्रिवि रसायनशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. यादव वि.सं. २०४८ सालदेखि त्रिवि सेवामा निरन्तर प्राध्यापनरत हुनुहुन्छ ।