text/x-generic nav.blade.php ( ASCII text )

कार्यकारी निर्देशकमा यादव नियुक्त 

  • Time: 2021-08-26 11:19:04
  • Page Visit: 2037
img

कीर्तिपुर (१० भाद्र)
त्रिवि पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशक पदमा यदि भाद्र ११ गतेदेखि लागु हुने गरी प्रा.डा. पारसनाथ यादवलाई दोस्रो पटक नियुक्त गरिएको छ । आगामी चार वर्षे कार्यकालको लागि त्रिविले डा. यादवलाई कार्यकारी निर्देशक पदमा पुनः नियुक्त गरेको हो । 
यस अघि २०७४ साल भाद्रमा पहिलो पटक चार वर्षे कार्यकालको लागि कार्यकारी निर्देशक पदमा डा. यादव नियुक्त हुनुभएको थियो । त्रिवि रसायनशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. यादव वि.सं. २०४८ सालदेखि त्रिवि सेवामा निरन्तर प्राध्यापनरत हुनुहुन्छ ।