text/x-generic nav.blade.php ( ASCII text )

Message from Director

  • Time: 2020-10-10 18:05:12
  • Page Visit: 26971
img

पाठ्यक्रम विकास केन्द्र त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय अन्तर्गतको महत्त्वपूर्ण प्राज्ञिक निकाय हो । यस केन्द्रको स्थापना २०३० साल साउन १ गते भएको हो । स्थापना कालदेखि नै यसले त्रि.वि. अन्तर्गत पठन पाठन हुने पाठ्यक्रमको निर्माण, परिमार्जन र प्रवर्तनका बारेमा प्रत्यक्ष एवम् परोक्ष रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएको छ । यसले पाठ्यक्रमसँग सम्बन्धित महत्त्वपूर्ण गतिविधि सञ्चालन गर्नुका साथै स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विभिन्न तहका शैक्षिक उपाधि प्राप्त गरी आउने विद्यार्थीहरुलाई समकक्ष मान्यता प्रदान गर्दे आएको छ । उपरोक्त प्रकृतिका दुई महत्त्वपूर्ण कार्यका अतिरिक्त यसले बाह्य विश्वविद्यालयका उपाधिहरुको श्रेणी निर्धारण, विदेशी  विश्वविद्यालयको सम्बन्धन र नेपाल सरकारको अनुमति लिई नेपालमा सञ्चालित शैक्षिक संस्थाको अनुगमन तथा संस्थागत समकक्ष मान्यता प्रदान गर्नुका साथै त्रि.वि. सेवा प्रायोजनका लागि शैक्षिक प्रमाणपत्रहरुको छानबिन लगायतका कार्यहरु पनि गर्दै आएको छ । साथै यस केन्द्रले वार्षिक रुपमा ‘पाठ्यक्रम विकास पत्रिका’ प्रकाशन गर्दै आएको व्यहोरा जानकारी गराउँछु । सूचना प्रविधिको उच्चतम विकास गएको वर्तमान सन्दर्भमा त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्र मार्फत सञ्चालन हुने समस्त गतिविधिका बारेमा आम सरोकारवाला जन समुदाय सू–सूचित हुनुपर्छ भन्ने हाम्रो मान्यता रहिआएको छ । यही मान्यता र उद्देश्यबाट प्रेरित भएर पाठ्यक्रम विकास केन्द्रले आफ्नै वेबसाईट निर्माण गरी त्यस मार्फत आम सरोकारवालालाई आवश्यक सूचना सम्प्रेषण गर्ने उद्देश्य लिएको छ ।  ढिलै भए पनि सम्बन्धित सरोकारवालालाई यस केन्द्र मार्फत सञ्चालन हुने गतिविधि र प्रक्रियाका बारेमा वेबसाईट मार्फत जानकारी गराउन पाउँदा हामीले थोरै भए पनि सुखानुभूति गरेका छौं । यो हाम्रो सुरुवात हो, त्यस क्रममा केही कमी कमजोरी अवश्य हुन सक्छन् । त्यसमा आत्मालोचित हुँदै सम्बन्धित क्षेत्रका विज्ञहरुसँग स्वस्थ सुझावको अपेक्षा गर्दछौं । धन्यवाद ।